+

ब्राजिलका रोनाल्डो भन्छन् : नेमार भन्दा एम्बाप्पे ठीक

२०७७ भदौ  ७ गते १९:२९ २०७७ भदौ ७ गते १९:२९
ब्राजिलका रोनाल्डो भन्छन् : नेमार भन्दा एम्बाप्पे ठीक

७ भदौ, काठमाडौं । रियल मड्रिडले लामो समयको लागि ठूलो लगानी गर्ने हो भने पेरिस सेन्ट जर्मेनका फ्रान्सेली खेलाडी केलियन एम्बाप्पेलाई गर्नुपर्ने ब्राजिलियन रोनाल्डोले बताएका छन् ।

स्पानिस क्लब रियल भाल्लाडोलिडका मालिक समेत रहेका रोनाल्डोले आफ्नै देशका नेमार भन्दा फ्रेन्च युवा खेलाडी एमबाप्पे सही रहेको बताएका हुन् । उमेर भिन्नताका कारण उनले एम्बाप्पेलाई रोजेका हुन् ।

‘अहिले यो भन्दा ऊ राम्रो भन्ने होइन, तर यदि रियल मड्रिडले ठूलो लगानी गर्न चाहे उनीहरुले भविष्यमा बारेमा सोच्नुपर्छ ।’ सान्तानडरले आयोजना गरेको बेविनारमा रोनाल्डोले भने ‘नेमार २८ वर्षका छन् र एमबाप्पे २२ वर्षका छन् । लगानीको कुरा गर्दा युवा खेलाडी ल्याउनु उपयुक्त हुन्छ ।’

यसैगरी रोनाल्डोले नेमारले च्याम्पियन्स लिग जित्ने आशा राखेका छन् । ‘उनले सिजन पूर्ण बनाउनका लागि च्याम्पियन्स लिग आवश्यक छ’ रोनाल्डोले भने, ‘उनले पछिल्ला खेलहरुमा धेरै राम्रो खेलेका छन् । विशेषगरी पोर्गुचलमा भइरहेको च्याम्पियन्स लिगका अन्तिम खेलहरु । साथै उनले धेरै गोलको अवसर बनाइरहेका छन् । तर उनले त्यसलाई फिनिसिङ गर्न सकेका छैनन् ।’

नेमारले च्याम्पियन्स लिगको फाइनलमा गोल गर्न सक्ने रोनाल्डोले अनुमान गरे ।

फुटबल रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय