
बलिउडकर्मीका छोराछोरीले अभिनय गरेका चलचित्रमाथि दर्शकको आक्रोश पोखिने क्रम रोकिएको छैन । नायिका आलिया भट्ट अभिनित ‘सडक २’को ट्रेलरमा १ करोड भन्दा धेरै डिसलाइक आएको थियो ।
अब, अर्की नायिका अनन्या पाण्डे अभिनित चलचित्र ‘खाली पिली’को टिजरमा पनि दर्शकको आक्रोश पोखिएको छ । यो चलचित्रमा अनन्या र इशान खट्टरको मुख्य भूमिका छ ।
नायक सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसमा बलिउडकर्मीका सन्तान नराम्रोसँग शिकार भएका छन् । सार्वजनिक भएको १ दिनमा यो टिजरलाई करिब ७ लाख डिसलाइक मिलेको छ । टिजरलाई मन पराउनको संख्या करिब ७० हजार मात्र छ ।
चलचित्रको बिषयवस्तु राम्रो भएपनि स्टारका सन्तानको चलचित्रमा डिसलाइक धेरै देखिन थालेको छ ।
बलिउड पण्डितहरुले बलिउडकर्मीका सन्तानमाथिको आक्रोश उत्कर्षमा रहेको बताएका छन् । यो चलचित्र चाडै नै डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4