
१० भदौ, जनकपुरधाम । महोत्तरीमा घरनजिकैको पोखरीमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ ।
जिल्लाको बर्दिवास नगरपालिका- १२ निवासी रञ्जित मल्लिकका १४ महिने छोरा विवेकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भंगाहा नगरपालिका- ६ र बर्दिबास नगरपालिका- १२ को सिमानामा रहेको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा अचानक उनी पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गराई परिवारजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4