+
+

बाँकेमा ५१ सैनिकमा कोरोना संक्रमण पुष्टि

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १० गते १८:१७

१० भदौ, बुटवल । बाँकेमा बुधबार एकैदिन ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना संक्रमित थपिएका हुन् ।

कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकबाट १०० जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि गरे ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा भेरी अस्पतालका एकजना डाक्टर, नेपाल टेलिकमका कर्मचारीदेखि स्वास्थ्यकर्मीसमेत रहेका स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ४२ पुगेको छ । बाँकेमा कोरोना संक्रमित पुष्टी भएका मृतकको संख्या ५ जना रहेको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?