११ भदौ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरेका छन् ।
उपाध्यक्ष कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै लामगादेमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका हुन् । चन्द्रकलामाथि आक्रमण मानवता विरोधी कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
‘संविधान कानुनद्वारा प्रदान गरिएका नैसर्गिक हक अधिकार पूर्णरुपमा प्राप्त गर्न नपाएको वा नभएको अनूभुति हुने खालका त्यस्ता जघन्य मानवता विरोधी कार्य हुनु प्रचलित संविधान कानुन एवं राज्यलाई नै चुनौती दिन खोजिएको महसुस हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
उनले पीडित खेलाडीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
यसअघि पनि एथ्लेक्सि संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलेसमेत विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरिसकेका छन् ।
सोमबार राति झापाको मेचिनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले गाली गलौज गर्दै चन्द्रकला र उनका श्रीमानमाथि आक्रमण गरेका थिए ।
प्रतिक्रिया 4