बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि विभिन्न बिषयहरु अगाडि आइरहेका छन् । नायिका रिया चक्रवर्तीको नाम ड्रग्ससँग जोडिएपछि अहिले यसले सर्वाधिक चर्चा पाइरहेको छ ।
यसैविच, नायिका कंगना रनावतले बलिउडका ९९ प्रतिशत मानिसहरुले ड्रग्स लिने गरेको बताएकी छिन् । उनले भनिन्–‘म आग्रह गर्न चाहन्छु कि, रणवीर कपुर, रणवीर सिंह, अयान मुखर्जी, विक्की कौशल जस्ता कलाकारले ड्रग्स टेष्ट गर्नका लागि आफ्नो ब्लड दिउन् ।’
उनले अगाडि लेखिन्–‘बजारमा यी कलाकारले कोकिनको नशा लिने गरेको हल्ला छ । म चाहन्छु कि, यस्तो हल्लाको उनीहरुले भण्डाफोर गर्न आवश्यक छ । यदि, उनीहरुको ब्लडमा ड्रग्स भेटिएन भने लाखौं यूवाका लागि यो प्रेरणा हुनसक्छ ।’ उनले प्रधानमन्त्री कार्यलयलाई पनि ट्विट ट्याग गरेकी छिन् ।
कंगनाको यो ट्विटमा रणवीर, अयान, विक्कीले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । तर, कंगनाले सुशान्तको निधनपछि अधिकांश बलिउडकर्मीलाई आफ्नो निशाना बनाइरहेकी छिन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4