+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते ६:२३

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने कांग्रेसको धारणा छ ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच भएको झडपको घटनाप्रति कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ । परम्परागत जात्रा सन्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबीच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसको ठहर छ ।

रथ तान्ने विषयमा विवाद हुँदा विहीबार स्थानीय र प्रहरीबीच झडप हुँदा स्थिति दिनभर तनावग्रस्त भएको थियो । त्यसलाई मध्यनजर गरी आज ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?