+
+

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सुरेश विडारी सुरेश विडारी
२०७७ भदौ २० गते १७:४०

२० भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका- १० का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी बयोधा अस्पतालबाट थप उपचारका लागि शुक्रबार काठमाडौं रिफर गरिएको क्रममा बाटैमा मध्यरातमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

भदौ १७ गते संकलन गरिएको स्वाब नमुनाको पीसीआर परीक्षणका क्रममा भदौ १८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । साउन यतामा मात्रै ५२ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५७ जनामध्ये पर्साका ४१ जना, बाराका १२ जना र रौतहटका ४ जना छन् ।

पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?