+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

इन्जिनियर भ्रष्टाचार गर्ने, श्रीमती लुकाउने !

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १९:१४

२५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सीडीई) काशीप्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गुप्ताले सार्वजनिक पदमा बसेर १६ करोड ७२ लाख रुपैयाँ भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

२०३८ सालमा ओभरसियरबाट जागीर सुरु गरेका गुप्ताको कुल सम्पत्ति मध्ये १ करोड ११ लाख ७० हजार भने वैध तरिकाले कमाएको देखिएको आरोपपत्रमा उल्लेख छ ।

श्रीमतीसहित १२ आफन्त पनि प्रतिवादी

सीडीई गुप्ताको गैरकानुनी आर्जनमा उनकी श्रीमती मिता गुप्ताको प्रत्यक्ष संलग्नता रहेको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गुप्ताले भ्रष्टाचार गरेर कमाएको रकम मिताले लुकाउने र दुरुपयोग गर्ने गरेकी थिइन् ।

‘पत्नी मिता गुप्ताले आफ्ना पति काशीप्रसाद गुप्ताले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरुपयोग गर्ने एवं भोग चलन गर्ने उद्धेश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी गुप्तालाई गैरकानुनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रुपमा लुकाउन छिपाउन सहयोग, दुरुत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न’ देखिएको प्रवक्ता अधिकारी बताउँछन् ।

अख्तियारले गुप्ताका आफन्तहरू अन्जुकुमारी महतो, उदितनारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रितिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्तालाई समेत प्रतिवादी बनाएको छ ।

उनीहरूको नाममा भ्रष्टाचार गरेको १० करोड ४४ लाख रुपैयाँ लुकाएर राखेको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?