+
+

तालिबानद्वारा १६ अफगानी सैनिकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते १८:१८

२६ भदौ, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त नान्जरघरमा तालिबानको आक्रमणमा परी १६ अफगानी सैनिकको मृत्यु भएको छ । स्थानीय स्रोतले शुक्रबार दिएको जानकारी अनुसार थप केही सैनिक आक्रमणमा घाइते भएका छन् ।

आक्रमणकारीहरुले खोग्यानी जिल्लाको गान्डुमक क्षेत्रमा रहेको चेकप्वाइन्टमा अफगानी सेना र प्रहरीलाई लक्षित गर्दै आक्रमण गरेका थिए । आक्रमणको क्रममा तीन सुरक्षा चौकी ध्वस्त भएका थिए ।

शनिबारदेखि कतारको राजधानी सहर दोहामा अफगानिस्तान र तालिबानबीच वार्ता सुरु हुने अपेक्षा गरिएको अवस्थामा यस्तो समाचार आएको हो । यो वार्ताले अफगानिस्तानमा विगत दुई दशकदेखि जारी आन्तरिक युद्धको अन्त्य गर्ने विश्वास लिइएको छ ।

स्रोत : एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?