Comments Add Comment

जनप्रतिनिधि र सुरक्षाकर्मीसहित कर्णालीमा ४९ जनामा कोरोना पुष्टि

२९ भदौ, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका एकजना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी, दुईजना जनप्रतिनिधि, तीनजना बैंकका कर्मचारी, एकजना निर्माण व्यवसायी र दुईजना भारतीय आर्मीमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये वीरेन्ऽनगरका २१ जनासहित सुर्खेतका मात्रै थप ३९ जनामा संक्रमण छन् । दैलेखका सातजना, जाजरकोटका दुईजना र कालीकोटका एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा बढी संक्रमित देखिको प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका वडा नं. ३, ४, ७, ८, ९, १०, ११, १२ र १५ का एक चार वर्षीया बालिकासहित पाँचजना महिला र १, २, ५ र ६ वर्षीय चारजना बालकसहित १४ पुरुषमा पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २८३५ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार सोमबार प्रदेशमा थप २६ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५३१ पुगेको छ ।

सोमबारसम्मा प्रदेशभर २९८ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । कणर्ालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment