
१ असोज, काठमाडौं । कृषि विधेयकको विरोधमा भारत सरकारका केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छन् ।
शिरोमणि अकाली दलकी नेता समेत रहेकी उनले किसान विरोधी विधेयक आएकाले आफूले राजीनामा दिएकी बताएकी छन् । उनले ट्वीट गर्दै भनेकी छन्, किसानी छोरी र दिदीबहिनीको रुपमा उनीहरुको पक्षमा उभिँदा गर्व छ ।’
अकाली दलले सरकारलाई दिएको समर्थन कायमै राख्छ कि फिर्ता लिन्छ भन्ने प्रष्ट भइसकेको छैन ।
मोदी सरकारको सहयोगी दल शिरोमणि अकाली दलले सरकारले ल्याएको कृषि विधेयकको विरोध गर्दै आएको छ । उसले विधेयकको पिक्षमा मत दिने बताएको छ ।
I have resigned from Union Cabinet in protest against anti-farmer ordinances and legislation. Proud to stand with farmers as their daughter & sister.
— Harsimrat Kaur Badal (@HarsimratBadal_) September 17, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4