+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रहरीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्‍यो : पत्रकार महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते २०:०२

२ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघले स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूमाथि प्रहरीले गरेको दुर्व्यवहारको कडा भर्त्सना गरेको छ ।

समाचार संकलन गरिरहेका अनलाइनखबरका पत्रकारद्वय रोयल आचार्य र चन्द्रबहादुर आलेलाई शुक्रबार नयाँ बानेश्वरमा प्रहरीले गरेको हातपात र पक्राउ प्रयासको महासंघले बिरोध गरेको हो । संविधान दिवसका विषयमा जनमत लिइरहेका सञ्चारकर्मीमाथि प्रहरी निरीक्षक डिल्लीराम सापकोटा लगायतले हातपात गरेका थिए ।

‘स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ महासंघका महासचिव रमेश बिष्टद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ ।’

महासंघले प्रेसको संवैधानिक हकको सम्मान गर्न समेत आग्रह गरेको छ । महासंघले भनेको छ, ‘प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानकर्षण गराउँदछ ।’

आजै, राजधानीका थप दुई स्थानमा प्रहरीको कुटाइबाट सर्वसाधारण सख्त घाइते भएका छन् । बबरमहलमा सिराहा, लहानका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्यौपाने सहितको टोलीले निर्घात कुटपिट गरेका थिए । गुप्तालाई नियन्त्रण लिएर प्रहरीले बुट प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

त्यस्तै, प्रहरीले माइतीघरमा मनिष श्रेष्ठलाई कुटपिट गरेर गम्भिर घाइते बनाएको छ । श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?