+
+

१४ दिनमा कोरोनामुक्त भइन् मलाइका

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १२:३६

बलिउड नायिका मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् ।

सेप्टेम्बर ७ मा नायक अर्जुन कपुर र नायिका मलाइका अरोडामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, उनीहरु होम क्वारेन्टाइनमा रहँदै आएका छन् ।

मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन्–‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’

उनले, सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छिन् । मलाइका भन्दा अगाडि नायक अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय, निर्माता करिम मोरानी, गायिका कनिका कपुर, नायिका जेनेलिया डिसुजा लगायतका बलिउडकर्मी पनि कोरोनामुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?