+
+

झापाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १२:५४

७ असोज, विराटनगर । मोरङमा उपचाररत झापा भद्रपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत भद्रपुर नगरपालिका –१० का
८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल आएका वृद्धलाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?