Comments Add Comment

सिराहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

७ असोज, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा.दिनेश सापकोटाका अनुसार सिराहाको औरी गाउँपालिका–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राति १२ः४५ बजे मृत्यु भएको हो ।

मस्तिष्क घातका साथै टाउको दुख्ने, उल्टी आउने जस्ता समस्या देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सोही क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि न्युरो अस्पतालले सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment