
१६ असोज, काठमाडौं । नेपालमा एकैदिनमा २७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप १३ जनाको मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयका अनुसार ललितपुर, भक्तपुर र मोरङका २/२ जना तथा काठमाडौं, चितवन, मकवानपुर,सुनसरी, सिराहा, रुपन्देही र कैलालीका एकएक जनाको मृत्यु भएको हो ।
- लगनखेल, ललितपुरका ३२ वर्षीय पुरुषको बिहीबार सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भएर अस्पताल भर्ना भएका उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
- बुधबार पाटन अस्पतालमा मृत्यु भएका कुहलाल, ललितपुरका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । निमोनिया भएर १३ असोजमा अस्पताल भर्ना भएका उनलाई फोक्सोको क्यान्सर समेत थियो ।
- भक्तपुरकी ५१ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । २८ भदौमा अस्पताल भर्ना भएकी उनलाई ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- कमलविनायक, भक्तपुरकी ६१ वर्षीया महिलाको बिहीबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । ३१ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि ५ असोजमा अस्पताल लगिएको थियो । उनमा उच्च रक्तचाप, दम, मिर्गौला र कलेजोको समस्या थियो ।
- विराटनगर महानगरपालिका-१४, मोरङकी ७२ वर्षीया महिलाको शुक्रबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । मधुमेहबाट पीडित उनलाई ५ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- मोरङका २७ वर्षीय पुरूषको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।
- बानेश्वर, काठमाडौंकी ६७ वर्षीया महिलाको शुक्रबार कोठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेहकी बिरामी उनी १२ असोजमा अस्पताल भर्ना भएकी थिइन् भने १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- भरतपुर महानगरपालिका-११, चितवनकी ७६ वर्षीया महिलाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि १० असोजमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १३ गते पुष्टि भएको थियो ।
- हेटौंडा उपमहानगरपालिक-७, मकवानपुरका ७८ वर्षीय पुरुषको शुक्रबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार राति भरतपुर रेफर गरिएको थियो ।
- इटहरी उपमहानगरपालिका-१३, सुनसरीका ९२ वर्षीय पुरुगाको मृत्यु भएको छ । १४ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले विराट मेडिकल कलेजमा लगेका थिए । उनको एम्बुलेन्समै मृत्यु भएको छ । उनी दम, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
- सुकिपुर नगरपालिका-२, सिराहाका ५५ वर्षीय पुरुषको पनि एम्बुलेन्समै मृत्यु भएको छ । सोमबारयता नोवेल शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटको आइसोलेसनमा रेफर गरिएको थियो ।
- सैनामैना नगरपालिका-७, रुपन्देहीका ६० वर्षीय पुरुषको बिहीबार कोरोना विशेष अस्थायी अस्पतालमा राति मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते अस्पताल भर्ना गरिएको थियो ।
- धनगढी उपमहागरपालिका-२, कैलालीकी २५ वर्षीया महिलाको शुक्रबार भेरी अस्पतालमा मृत्यु भएको छ । भदौ ३० गते कोराृना संक्रमण पुष्टि भएकी उनलाई उपचारका क्रममा प्लाज्माका साथै रेमडेसिभिर औषधि दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4