Comments Add Comment

शेरबहादुर देउवालाई ओली र प्रचण्डको तारन्तार फोन !

दाङको पक्षमा कांग्रेसको समर्थन खोज्दा आफ्नै दलभित्र असन्तुष्टि

१८ असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ । कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन् ।

मुख्यमन्त्री पोखरेलको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई टेलिफोन गरेर आन्दोलन रोकिदिन र सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसैगरी कार्यकारी अध्यक्ष प्रचण्डले पनि शेरबहादुर देउवालाई फोन गरेर दाङलाई नै स्थायी राजधानी बनाउने प्रस्तावमा कांग्रेसका तर्फबाट सहमति जनाइदिन आग्रह गरेका छन् ।

‘प्रदेशसभामा नेकपाको दुईतिहाई बहुमत छ । कांग्रेसले जति विरोध गरे पनि नेकपाकै भोटले दाङको पक्षमा प्रस्ताव पारित भइहाल्छ’ कार्यकारी अध्यक्ष प्रचण्डले देउवालाई फोनमा भने,‘त्यसैले कांग्रेसले आन्दोलन रोकोस् र दाङकै पक्षमा मतदान गरोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम र राजधानी राष्ट्रिय सहमतिका आधारमा तय गरिनु बाञ्छनीय हुने भन्दै कांग्रेस सभापति देउवालाई आन्दोलन रोकेर सहमति जनाइदिन आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

नेकपाका शीर्ष नेताहरुले देउवालाई तारन्तार फोन गरेर सहमतिमा आउन आग्रह गरे पनि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले भने राजधानीको नाम र स्थान तोक्ने बेलामा प्रदेश ५ को विपक्षी दलसँग कुनै परामर्श नगरी एकलौटी चल्न खोजेको प्रदेशका कांग्रेस नेताहरुको गुनासो छ ।

अर्कोतर्फ, काठमाडौंमा सहमति खोजिरहेको नेकपाको आफ्नै दलभित्र असहमतिका स्वरहरु सुनिन थालेका छन् । दाङको पक्षमा भोट हालिदिन देउवासँग आग्रह गरिरहँदा नेकपाकै भोट दाङको विपक्षमा पर्ने संकेत देखिन थालेको छ ।

यो पनि पढ्नुहोस नेकपा रुपन्देहीले भन्यो : राजधानी सार्ने प्रस्ताव संविधानको भावना विपरीत यो पनि पढ्नुहोस दाङमा राजधानी राख्ने निर्णय सच्याउन नेकपा महासचिवको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment