+
+

गुण्डा नाइके बलेविरुद्ध २० करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १६:४४

१९ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले ‘हेलिकोप्टर बले’ भनेर चिनिएका गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको विभाग स्रोतले बताएको छ ।

काभ्रेको रोसी-४ घर भई हाल लाजिम्पाट बस्दै आएका बले यसअघि जुवाखालबाट पक्राउ परेका थिए । त्यसपछि विभागले बलेविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थालेको थियो ।

विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । उनीहरुबाट बिगो, र बिगो बराबरकै जरिवाना असुल्न माग दाबी गरिएको छ ।

त्यसैगरी बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न रिटमा मागदाबी गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ । विभागका अनुसार झापाका विभिन्न ठाउँमा बलेको नाममा स्रोत नखुलेको जग्गा पनि भेटिएको छ ।

त्यसैगरी पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको भेटाटिएको छ । ती सबै सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै विभागले जफतको लागि माग दाबी पेस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?