+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पायलसँग १ करोड क्षतीपुर्तीको माग गर्दै अदालत पुगिन् ऋचा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते ९:३३

बलिउड नायिका ऋचा चड्डाले निर्माता अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी साउथकी नायिका पायल घोषमाथि मानहानीको मुद्दा दायर गरेकी छिन् ।

पायलसँग उनले १ करोड १० लाख रुपैयाँ क्षतीपुर्तीको समेत माग गरेकी छिन् । पायलले एक टेलिभिजन अन्तरवार्तामा आफ्नो नाम अपमानजनक तरिकाले प्रस्तुत गरेको र झुटो बिषयमा आफूलाई मुछेको आरोप ऋचाको छ ।
यो मुद्दाको सुनुवाई अक्टुवर ६ मा हुनुपर्ने थियो । तर, पायल घोष अदालतमा उपस्थित नभएपछि यसको सुनुवाई आज हुँदैछ ।

ऋचाले पायलसँगै समिक्षक कमल आर खान र एक टेलिभिजन च्यानललाई पनि यो मुद्दाको विपक्षी बनाएकी छिन् ।

पायलले एक अन्तरवार्ताका क्रममा भनेकी थिइन्–‘अनुरागले मलाई भनेका थिए कि, उनलाई सेक्सको बिषयमा ऋचा चड्डा, माही गिल, हुमा कुरैशी जस्ता कलाकारले साथ दिइरहेका छन् ।’

अनुरागले आफूबाट ऋचा, माही, हुमाले जस्तै साथ खोजेको बताएको पायलको भनाई थियो ।

पायलले यो बिषय अदालतमा पुगेपछि भनेकी थिइन्–‘यो कुरा मैले भनेको होइनँ । मलाई यो कुरा अनुरागले भनेका थिए । अनुरागले मलाई जे भने मैले सोही कुरा भनेको हुँ । ऋचाको नाम अनुरागले किन लिए भनेर मलाई सोध्ने होइन । अनुरागलाई नै सोध्न पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?