+
+

फिल्मी दुनियाँ छाड्ने सना खानको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १२:३१

नायिका सना खानले बलिउड छाड्ने निर्णय गरेकी छिन् । ‘बीग बोस ६’मा सहभागी भएर चर्चा पाएकी सनाले चलचित्र ‘जय हो’मा नायक सलमान खानसँग काम गरेकी थिइन् ।

सनाले रंगिन दुनियाँ छाडेको र अब मानवताको सेवामा काम गर्ने उल्लेख गरेकी छिन् । उनले आफ्ना निर्माता अर्थात अल्लाहको आदेश पालना गर्ने पनि बताएकी छिन् ।

सनाले लेखेकी छिन्–‘आज म आफ्नो जिन्दगीको निकै नै संवदेनशिल मोडमा छु । म लामो समयदेखि ग्ल्यामर क्षेत्रमा छु र यसले मलाई नाम, दाम सबै दिएको छ । तर, केही समयदेखि मलाई एउटा सोचले घेरेको छ, त्यो के भने के मानिस यो दुनियाँमा आउनुको कारण नाम र दाम मात्र हो ? के दुःखी र गरिबको लागि काम गर्ने जिम्मेवारी मानिसको होइन ? के मानिसले यो सोच्न जरुरी छैन कि कतिबेला उसको मृत्यु हुन्छ ? उ मरेपछि के बन्छ ? यी दुई प्रश्नले मेरो दिमागमा कब्जा जमाएको छ । मलाई यो कुरा थाहा भएको छ कि, यो जिन्दगी मरेपछि जिन्दगीलाई उत्कृष्ट बनाउनका लागि नै हो ।’

सनाले ग्ल्यामर दुनियाँ छाडेर आफूलाई जन्माउने अल्लाहको आदेश अनुसार अगाडि बढ्ने निर्णय गरेको उल्लेख गरेकीछिन् । उनले, आफूलाई ग्ल्यामर दुनियाँको कुनै पनि कामका लागि अफर नगर्न अपिल गरेकी छिन् ।

सनाले सन् २००५ मा हिन्दी चलचित्र ‘यही हे हाई सोसाइटी’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि उनले बलिउड, मलयालम, तमिल, तेलुगु, कन्नड जस्ता चलचित्र नगरीमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?