+
+

दुई वटा मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद 

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १३:५०

२५ असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-३ स्थित स‌ंरक्षित वनको गौशला क्षेत्रबाट प्रहरीले दुई वटा मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले शनिबार राति लु. ३६ प ४८५६ र लु. १६ प १९१७ नम्बरको मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद भएको हो ।

प्रहरीको टोलीलाई देखेपछि घटना स्थलबाट मोटरसाइकल छोडेर मानिहरु फरार रहेको गुल्मी प्रहरीले जनाएको छ । मोटरसाइकलको लेगार्डमा रहेका २ वटा झोलाभित्र बिष्फोट पदार्थ, बिभिन्न इलेक्ट्रोनिक्स सामान र पन्छी प्रजातिको भुत्ला समेत बरामद भएको डीएसपी पन्तले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले बरामद भएका सामग्रीबारे आइतबार सार्वजनिक गर्दै मोटरसाइकल धनीको खोजी कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?