
फाइल तस्वीर
२५ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थिमिले तास खेलिरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्रकुमार थापा, ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङका ४० वर्षीय नगेन्द्र राई छन् ।
थिमिका डीएसपी ऋषिराम कँडेलका अनुसार शनिबार साँझ ७ बजे विष्णुप्रसाद घिमिरेको घरमा श्याम थापाले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालित भएको थियो ।
त्यसक्रममा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कँडेलले बताए । उनका अनुसार तास खालबाट ७६ हजार ८ सय रुपैयाँ र पक्राउ परेका व्यक्तिबाट ३२ हजार ५ सय रुपैयाँ गरी जम्मा एक लाख ९ हजार ३ सय रुपैयाँ बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4