
२५ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका बीच विमानस्थलमा हुने भिडभाड कम गर्न कार्यालयले यस्तो नियम ल्याएको छ ।
विमानस्थलले सकेसम्म आफन्त नलिई विमानस्थलमा आउन यात्रुलाई आग्रह गरेको छ ।
तर, आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा लिन वा पुर्याउन आउनु नै पर्ने भएमा एक जनालाई मात्र प्रवेश दिइने भएको छ ।
अब विमानस्थलको गेटबाटै सुरक्षाकर्मीले एक जनालाई मात्र प्रवेश दिनेछन् । विमानस्थल आउनै पर्ने यात्रुले हातमा स्यानिटाइजर लगाउने, माक्स अनिवार्य रुपमा लगाउने र सामाजिक दूरी कायम गर्नु विधिको पालना गर्नुपर्ने भएको छ ।
यस्तो नियम भने यात्रुका लागि समेत अनिवार्य गरिएको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानतर्फ माग भएबमोजिम उडान अनुमति दिइएको छ ।
यसले यात्रुको चाप बढेको छ । दशैं नजिकिएका कारण आन्तरिकतर्फ समेत यात्रुको चाप उत्तिकै रहेको छ ।
प्रतिक्रिया 4