+
+

धादिङमा गुडिरहेको बसमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते १०:१०
फाइल तस्वीर

२६ असोज, काठमाडौं । धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ ।

सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।

हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा आगो लागेको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । तार सट भएर आगो लागेको अनुमान छ ।

बसमा यात्रुहरु थिएनन् । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आगोबाट बसको अगाडि र पछाडिको भाग जलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?