+
+

अजरबैजानले एक सेकेण्ड पनि युद्धविराम नमानेको अर्मेनियाको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १२:४१

२९ असोज, काठमाडौं । अर्मेनियाका राष्ट्रपतिले अजरबैजानसँग नागोर्नो काराबखमा जारी झडपमा आफ्नो सेनातर्फ ठूलो नोक्सानी भएको बताएका छन् । उनले टेलिभिजनमा सम्बोधनको क्रममा बोल्दै निकोल पाशिन्यानले अजरबैजानमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने, ‘अजरबैजानले एक सेकेण्डको लागि पनि युद्धविराम मानेन र अहिलेसम्म पनि उसले आफ्नो आक्रमण जारी राखेको छ । यसको अर्थ अजरबैजान पूरा क्षेत्रलाई नै कब्जा गर्ने आफ्नो नीतिमा अडिग देखिएको छ ।’

नागोर्नो काराबहमा अजरबैजानबाट भएको नोक्सानीबारे बोल्दै पाशिन्यानले आफ्ना वीर सहिदप्रति शोक व्यक्त गरे । उनले टर्की र अजरबैजानको गठबन्धनले आफ्नो आक्रमण नरोकेको आरोप लगाए ।

यसैबीच अजरबैजानका राष्ट्रपति इलहाम अलीवले अर्मेनियामाथि मुलुकको ग्यास पाइपलाइनमा आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको छ । साथै अजरबैजानले अर्मेनियालाई त्यसको गम्भीर जवाफ दिने चेतावनी पनि दिएको छ ।

अर्मेनिया र अजरबैजानबीच युद्ध सुरु भएको दुई साताभन्दा लामो समय भइसकेको छ । तर, अझै पनि युद्ध रोकिएको छैन । यसअघि शनिबार रुसको मध्यस्थतामा दुई मुलुकको बीचमा युद्धविरामको सम्झौता भएको थियो । तर, यो सम्झौताको पालना भने भएको छैन । दुवै मुलुकले एकअर्कालाई यो सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?