+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संविधान सभा सदस्य ओली दम्पतीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १६:२६

२ कात्तिक, डोटी । संविधान सभा सदस्य गौरी ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणबाट ओलीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् । ‘सुरुदेखि नै सावधान रहँदै आएँ र अरुलाई पनि सावधान रहन सल्लाह सुझाव दिँदै आएँ,’ ओलीले लेखेकी छिन् ‘तर बाहिर जति सचेत रहँदा पनि काम लागेन, कोरोनाभित्रै आएर बसेको रहेछ ।’

उनले आफ्नो पोष्टमा एकजना आफन्त बिरामी भई २४ गते निवासमा आएर बसेको र उनको पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि आफूहरुलाई पनि सरेको उल्लेख गरेकी छिन् । आफन्तबाट आफ्ना श्रीमान्लाई सरेको र श्रीमान्बाट आफू र छोरोलाई सरेको ओलीले उल्लेख गरेकी छन् ।

ओलीका श्रीमान् रामबहादुर ऐर जिल्ला समन्वय समिति डोटीका प्रमुख हुन् । उनले पनि सामाजिक सञ्जालमा आफूहरु संक्रमित भएको सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘असोज २४ गते मित्रसित भेट भयो, २८ गतेसम्म सँगै बसियो । २६ गते रातिबाट घाँटीमा टन्सिलभयो, बिहान तातोपानी खाँदा टन्सिल ठीक भयो ।’

२७ र २८ गते सामान्य ज्वरो आएको र त्यो पनि सञ्चो भइसकेको बताउँदै उनले हाल स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

‘बुढी र बच्चालाई सामान्य रुघाखोकी छ तर हामी सबै कोरोना संक्रमित भयौं,’ जिल्ला समन्वय समिति प्रमुख ऐरले लेखेका छन्, ‘सावधान हुन मेरो सम्पर्कमा आउनु भएका सबैलाई हार्दिक अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?