Comments Add Comment

चितवन मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

३ कात्तिक, चितवन । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित ती पुरुषमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारमा अथक प्रयास गर्दागर्दै आज बिहान उनको मृत्यु भएको डा. लम्सालले बताए ।

यो पनि पढ्नुहोस दसैँ बिदामा पनि चितवनमा कोरोना परीक्षण ल्याब खुल्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment