+
+

नाजिरको ‘चिलगाडी’ निर्माणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते ८:४९

दशैंको सातौ दिन फूलपातीको अवसर पारेर चलचित्र ‘चिलगाडी’को घोषणा गरिएको छ । जनकदिप पराजुलीले यो चलचित्रको निर्देशन गर्ने पक्का भएको छ ।

सागर प्रधानको छायांकन रहने चलचित्रका लागि नायक नाजिर हुसेन फाइनल भैसकेका छन् । अन्य कलाकार दशैंपछि तय गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा नायिका केकी अधिकारी फाइनल भन्ने चर्चा चलेपनि उनीसँग कुरा पक्का भएको छैन । निर्माणपक्षले दशैंपछि नायिका फाइनल गर्ने बताएको छ ।

फागुणबाट छायांकनमा जाने चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माताको छ । रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको चलचित्रमा यम थापाको कथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?