+
+

सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १० गते १७:४९

१० कात्तिक, सप्तरी । सप्तरीमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा साइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी ५५ बर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ निवासी मुकेश सिंहको मृत्यु भएको साहले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरमा र मोटरसाइकल चालक सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका ७ का २५ बर्षीय अनिलकुमार यादव घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?