+
+

तीनकुने पुलमुनि पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १५:५७

१६ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

टिसर्ट र हाफ पेन्ट लगाएका व्यक्तिको शव  कम्तीमा पनि ५ दिन पुरानो रहेको प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । ती व्यक्तिको पहिचान गर्ने र मृत्युको विषयमा अनुसन्धान गर्ने काम सुरु भइरहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?