
१७ कात्तिक, काठमाडौं । नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूत नियुक्त भएका हुन् ।
यसअघि मन्त्रिपरिषदको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले ६ कात्तिकमा उनीहरुलाई राजदूत नियुक्त गरेकी थिइन् ।
शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4