+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्वीचगियर फेर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते ६:४६

१८ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ ।

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलंकी, थानकोट, कालीमाटी, ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै काम सकिएलगत्तै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?