+
+
Shares

स्रोत नखुलेको १६ लाखसहित एक भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १७:१२

२४ कात्तिक, काठमाडौं । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित वीरगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण रक्सौल बस्ने ५० वर्षीय कृष्णकुमार जैन रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगञ्ज महानगरपालिका–स्थित माईस्थानबाट आइतबार नियन्त्रणमा लिएको हो ।

ना. ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार जैनलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए ।

जैनविरुद्ध बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?