+
+

चलचित्र ‘लक्ष्मी’ नेट टिभिमा हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १ गते १९:५९

१ मंसिर, काठमाडौं । बलिउड चलचित्र ‘लक्ष्मी’ नेट टिभिमा हेर्न सकिने भएको छ । पहिलो पटक नेट टिभीले बलिउडको ब्लकबस्टर चलचित्र “लक्ष्मी“ प्रशारण गर्न लागेको हो ।

नोभेम्बर १६ देखि नेपालको दुबै प्लेटफर्म नेट टिभी सेट टप बक्स र नेट टिभी एप मार्फत हेर्न सकिने छ । अक्षय कुमार द्वारा अभिनित यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज हो र यो चलचित्र विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको हो ।

वर्ल्डलिंकका ग्राहकहरू जो सँग नेटटिभीको सदस्यता छ, यस चलचित्रलाई टिभीमा पनि रिलीज भएको पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्स मार्फत हेर्न सक्नेछन् । अरू गैरवर्ल्डलिंक ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्नेछन् ।

अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरन्जनका विकल्पहरू कम भएका छन् र चलचित्र प्रेमीहरू निराश छन् । यस चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्म मार्फत नेपालका सबै मानिसहरूलाई हेर्नका लागी ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएको नेट टिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारीले बताए ।

‘कठिन महामारीको बाबजुद पनि नेटटिभी सेटटप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरन्जन कार्यक्रमहरु ल्याउने हाम्रो प्रयास छ’ उनले भनेका छन्, ‘ताकि सबै नेपालीहरु सुरक्षित साथ आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सक्नेछन ।’

सबै नेटटिभी ग्राहकहरूलाई निर्धक्क रूपमा चलचित्र हेर्नको लागि उनको अनुरोध छ । उनले भने, ‘नेटटिभीले ग्राहकहरूको लागी विशेष तथा अनौंठो सुविधा सुरु गरेको छ “ पहिला चलचित्र हेर्नुहोस र भुक्तानी पछि गर्नुहोस् ।’

नेट टिभी नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो । नेट टिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेट टिभी सेट टप बक्स र मोबाइलमा नेट टिभी एप मार्फत नेपाली जनताहरूका लागि मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?