+
+

मन्त्रिपरिषद बैठकबाट विभिन्न नियुक्ति र बढुवा (निर्णयसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १६:१५
फाइल तस्वीर

५ मंसिर, काठमाडौं । कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले केही नियुक्ति र बढुवा गरेको छ । शुक्रबार सार्वजनिक उक्त निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा भई नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ ।

बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गरेको छ ।

त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

बैठकले अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ गतेदेखि लागू हुने गरी चार वर्षको लागि थप गर्ने र कोलम्बियाको बोगोटामा डा। सोराया स्टेला कारो भरगासलाई चार वर्षको लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नयाँ नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

हेर्नुहोस् निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?