
७ मंसिर, काठमाडौं । अमेरिका-चीनबीच जारी व्यापारिक तनावबीच तिब्बतको निवार्सित सरकारका प्रमुख लोबसाङ साङ्गेले ह्वाइट हाउसको भ्रमण गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार साङ्गेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग भेटवार्ता गरेका हुन् ।
तिब्बतको निर्वासित सरकारका कुनै पनि नेताले गरेको पछिल्लो ६ दशकमा यो पहिलो अमेरिकाको आधिकारिक भ्रमण हो । समाचारमा उल्लेख गरिएअनुसार यो कदमले आगामी दिनमा अमेरिका-चीन सम्बन्ध थप तनावपूर्ण बन्न सक्छ ।
जानकारहरुका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सीटीए)का लागि यो ऐतिहासिक कदम हो । यसले सीटीएको प्रजातान्त्रिक व्यवस्था र यसको राजनीतिक प्रमुख दुवैले मान्यता पाउनेछन् ।
सीटीएको मुख्यालय भारतको हिमाचल प्रदेशको धर्मशालामा छ । सीटीएका प्रवक्ताले भने, ‘हामीलाई दुई लोकतन्त्रले अर्कालाई मान्यता दिएकोमा खुसी लागेको छ ।’ आगामी दिनमा सीटीएले अमेरिकासँग सहकार्य गरेर अघि बढ्ने उनको विश्वास छ।
स्रोत :टाइम्स अफ इन्डिया
प्रतिक्रिया 4