+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विजु पार्की भन्छन्–‘हामीले सिमित श्रोतमा धेरै काम गरेका छौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते १३:५६

कोरियोग्राफर तथा डान्सर विजु पार्की गत बर्षमात्र भारतबाट नेपालमा सिफ्ट भएका हुन् । भारतमा रहेर बलिउडमा थुप्रै काम गरेका विजुलाई नेपाली कला क्षेत्रमै केही नयाँ गर्न मन लाग्यो र उनी नेपाल आए ।

अहिले उनी हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा कलाकार सुमी मोक्तानको कोरियोग्राफर हुन् । विजुले यो सँगसँगै म्यूजिक भिडियोमा पनि काम गरिरहेका छन् ।

विजुले अभिनय गरेको म्यूजिक भिडियो ‘लगनगाँठो’ युटुबमा सार्वजनिक भएको छ । यो भिडियोमा उनी कलाकार रेश्मा घिमिरेको श्रीमान्को रुपमा देखिएका छन् ।

विजुलाई नेपालमा काम गर्ने तरिकाले भने आकर्षित गरेको छ । उनी भन्छन्–‘बलिउड ठूलो छ र त्यहाँ श्रोत र साधनको कुनै अभाव छैन । नेपाली कलाको बजार सानो छ र हामीले काममा संझौता गर्नुपरेको छ । धेरै कुरा नभएर पनि हामीले निकै राम्रो काम गरिरहेका छौ । यो अरु कसैले पनि गर्न सक्दैन । बलिउड जस्तो सुविधा हामीले पाउने हो भने हामी कहाँ पुग्थ्यौ होला ।’


उनले, ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उदाहरण दिदै भने–‘भारतीय रियालिटी शो हेर्ने हो भने नेपालको यो शोमा धेरै कुराहरुको अभाव देखिन्छ । तर, कतिपय कुराहरु नभएर पनि हामीले उत्कृष्ट काम गरिरहेका छौ । नभएका कुरालाई पनि कुनै न कुनै तवरबाट म्यानेज गरिरहेका छौ । यो कुराले मलाई आकर्षित गरेको छ ।’

उनले, नेपालमा राम्रा कलाकार र प्राविधिक टिम भएको पनि सुनाए । श्रोत र साधनले सम्पन्न हुने हो भने नेपाली चलचित्र तथा रियालिटी शोहरु धेरै माथि पुग्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?