Comments Add Comment

९२८७ जनामा परीक्षण गर्दा १३४३ जनामा कोरोना संक्रमण

१८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २१११ रहेको छ । हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कहाँ कति स‌ंक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५, मोरङमा १२८, ललितपुरमा ८०, कास्कीमा ६९, झापामा ६७, सुनसरीमा ५६, रुपन्देहीमा ४१, दाङमा ४०, चितवनमा ३२, बाँकेमा २७ र भक्तपुरमा २६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तनहुँमा १९, लमजुङमा १७, संखुवासभा र सप्तरीमा १५/१५, धनुषा, मकवानपुर र बर्दियामा १४/१४, पाल्पामा १३, बाग्लुङ, रसुवा, नवलपरासी पश्चिम र नुवाकोटमा १२/१२, स्याङ्जा र अछाममा ११/११ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

गोरखामा ९, कैलाली, धादिङ र सिराहामा ८/८, जुम्लामा ७, सर्लाही, इलाम, डोटी र अर्घाखाँचीमा ५/५, पर्सा, उदयपुर, रुकुम पश्चिम, बारा, बझाङ र दोलखामा ४/४, पर्वतमा ३, धनकुटा, म्याग्दी, भोजपुर, बैतडी, कपिलवस्तु, सिन्धुपाल्चोक, कञ्चनपुर र गुल्मीमा २/२, ताप्लेजुङ, महोत्तरी, प्युठान, सुर्खेत, रोल्पा, खोटाङ, दैलेख, पाँचथर, रुकुम पू्र्व र कालीकोटमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment