+
+

बाइडनद्वारा अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिन मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते ११:१२

२३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनित गरेको अमेरिकी सन्चार माध्यमहरुले जनाएका छन् ।

यसको औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडनका सहयोगीहरुले बताएका छन् ।

अमेरिकी सेनाका अवकाशप्राप्त जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए ।

सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत अमेरिकी हुने छन् ।

बाइडनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?