+
+

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ मंसिर २४ गते १०:५२

२४ मंसिर, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा मृत्यु भएको हो ।

मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए । संक्रमित पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका डा. पोखरेलले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ३१४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?