+
+

पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १४:००

२५ मंसिर, काठमाडौं । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो

अन्य दुईजनाको भने बुधबार उपचारका क्रममा पोखरामै मृत्यु भएको हो । पोखरा महानगरपालिका-१३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पताल र वडानम्बर ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?