+
+

भाजपा विदेश विभाग प्रमुखको भ्रमणप्रति भीम रावलको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १९:२५

२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणको बारेमा पार्टीलाई जानकारी नगराइएको भनी आपत्ति जनाएका छन् ।

रावलले आइतबार साँझ ट्विटरमा लेखेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटरामा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्काे परिघटना हो । देश, पार्टी र पदको गरिमाको रक्षा होस् ।’

प्रधानमन्त्री केपी ओलीलगायत नेकपामा विभिन्न नेताहरु, विपक्षी नेपाली काँङ्ग्रेसका सभापति शेरवहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेट गरी भाजपा विदेश विभाग प्रमुख फर्किसकेका छन् ।

उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमणको बारेमा सत्तारुढ नेकपाको विदेश विभाग प्रमुखले कुनै जानकारी नभएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?