
२ पुस, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो चिनी उद्योगले उखु किसानको झण्डै १७ करोड रुपैयाँ बक्यौता दिन बाँकी छ ।
‘किसानले उजुरी दिएलगत्तै पक्राउ पूर्जी जारी गरेका छौं’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘अग्रवालको मूल घर काठमाडौंतिर भएकाले त्यहींका प्रहरीलाई पनि यो बिषयमा जानकारी गराएका छौं ।’
अन्नपूर्ण चिनी उद्योगले सर्लाहीको बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरियासहितका ठाउँका हजारौं किसानको पाँच वर्ष यता उखुको भुक्तानी नै गरेको छैन । भुक्तानी नपाएपछि अहिले यहाँका किसान काठमाडौं गएर आन्दोलन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4