+
+

प्रतिनिधि सभा विघटनको विरोधमा शान्ति समाजको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १७:३८

५ पुस, बुटवल । प्रधानमन्त्रीको सिफारिसमा असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले प्रतिनिधि सभा विघटन गरिएको भन्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

बुटवलको राजमार्ग चौराहामा प्लेकार्डसहित प्रदर्शन भएको हो । प्रदर्शनका सहभागीले ‘लोकतन्त्र मास्न पाइँदैन, प्रतिगमन चाहिँदैन’, कुशासनमा लिप्त ओली सरकार: प्रतिगमनको सबैभन्दा ठूलो मतियार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनपछि कोणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान र लोकतन्त्र उपहास गर्दै प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई प्रतिगामी दुर्घटनामा धकेलेको बताए ।

लोकतन्त्र र संविधानको रक्षाका लागि नागरिक समाजको भूमिका बढेको खनालले बताए । कोण सभामा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्धबहादुर थापा, डीपी खनाल लगायतले बोल्दै प्रतिगामी निर्णय गर्नेलाई आउँदो चुनावबाट जवाफ दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?