+
+

वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते २२:०७

५ पुस, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राति पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै पुनसहितका ७ मन्त्रीले दिउँसो राजीनामा दिएका थिए ।

क्वाटर छाडेपछि मन्त्री पुनले अनलाइनखबरसँग भनेका छन्, ‘मैले शान्ति मन्त्री हुँदा पनि राजीनामा दिनासाथ मन्त्रिनिवास र गाडी छाडेको थिएँ । अर्थमन्त्री हुँदा पनि त्यसैगरें । आज पनि राजीनामा दिनासाथ मन्त्रालयको गाडी छाडेर आफ्नै गाडीमा पार्टीको बैठकमा गएँ । गाडी घोडा र मन्त्री क्वार्टर छाडेर आफ्नो पुरानै डेरामा फर्किएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?