+
+

उपत्यकामा सुरक्षा सतर्कता बढ्यो (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १५:१२

६ पुस, काठमाडौं । प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षा सतर्कता बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमपछि प्रदर्शन, जुलुसलगायतका गतिविधि बढेको भन्दै सुरक्षा सतर्कता बढाइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले सुरक्षाका लागि विशेष कार्ययोजना नै बनाएको छ, जसलाई महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको स्वीकृतिमा कार्यान्वयनमा ल्याइएको छ । कार्ययोजना अनुसार सुरक्षा उपस्थितिसँगै चेकजाँच पनि बढाइएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको अपराध अनुसन्धान विभागका एक उच्च अधिकृतले भने, ‘माथिबाट त्यस्तै कुनै निर्देशन नआए पनि सडकमा हुनसक्ने प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको हो ।’

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर चुनावको सुरक्षा तयारी गर्न निर्देशन दिएका थिए । त्यसक्रममा सडकमा हुनसक्ने प्रदर्शनलाई लक्षित गरेर सतर्कता बढाउन पनि भनेका छलफलमा सहभागी एक अधिकारीले अनलाइनखबरलाई बताए ।

ओलीसँग सबै सुरक्षा अंगको प्रमुखको भेटपछि उपत्यकामा प्रहरी परिचालन बढाइएको हो । प्रदेश प्रहरी कार्यालयहरुले पनि प्रदर्शन हुनसक्ने सम्भावित ठाउँमा निगरानी र उपस्थिति बढाएका छन् ।

गुप्तचरले पनि निगरानी बढाएको छ भने सेनाले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?