+

मेसीले तोडे पेलेको कीर्तिमान

२०७७ पुष  ८ गते ८:०५ २०७७ पुष ८ गते ८:०५
मेसीले तोडे पेलेको कीर्तिमान

८ पुस, काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् ।

अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले ६५औ मिनेटमा पेड्रीको ब्याकहिल पासमा गोल गरेका थिए । त्यसअघि क्लेमेन्ट लेङलेटले २१औं र मार्टिन ब्रेथवेइटले ३५औं मिनेटमा गोल गरेका थिए । जितपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा बार्सा अझै ८ अंकले पछि छ ।

ब्राजिलियन महान खेलाडी पेलेले सान्तोसका लागि १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए ।

मेसीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । क्याम्प नोउमा मेसीले १० पटक ला लिगा उपाधि जितिसकेका छन् भने चार च्याम्पियन्स लिग उपाधिसमेत जितेका छन् ।

पेले बार्सिलोना लिओनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय