
नायक प्रदिप खड्काले बिहिबार नयाँ बाँनेश्वरमा संचालनमा आएको ‘मः म मज्जाको’ रेष्टुरेन्टको उद्घाटन गरे । एउटा सफल नायकले मःमको प्रचार किन गरेका होलान् ? प्रदिपले भने–‘यो प्रश्न आउनु स्वभाविक नै हो । तर, मःम हाम्रा लागि खाजाको मुख्य परिकार भैसकेको छ । मःम मज्जाकोमा घरमा खाएको जस्तै शुद्ध र अर्गानिक मःम पाइने भएकाले मैले प्रमोशन गरेको हुँ ।’
प्रदिपले कुनै पनि कलाकारले प्रमोशन गरिसकेपछि त्यसले दर्शकलाई असर गर्न नहुने तर्क गरे । उनले भने–‘मैले अहिले सबैलाई मःम मज्जाकोमा आएर मःम खानुहोस् भनौला, तर भोली यसले असर गर्यो भने दर्शकले नै मलाई गाली गर्नुहुन्छ । यसैले, मैले कुनै प्रोडक्टको विज्ञापन गर्नु अगाडि आफूमा आत्मविश्वास हुनुपर्छ । मःम मज्जाकोमा बन्ने मःमको बिषयमा सबै कुरा जानकारी राखेपछि मैले प्रमोशन गरेको हुँ ।’
प्रदिप आफूले एक पटकमा २ प्लेटसम्म मःम खान सक्ने बताए । मःम मज्जाको रेष्टुरेन्टका संचालकले १ बर्षमा काठमाण्डौका १० स्थानमा शाखा विस्तार गर्ने बताएका छन् । अब, बसन्तपुरमा शाखा विस्तार हुने संचालकले बताए ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4