+
+

प्रधानमन्त्रीको कदमविरुद्ध जसपाको विरोध कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते ८:३०
फाइल तस्वीर

१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज १२ वजे पार्टीका शीर्ष नेताहरुको उपस्थितमा एक विरोध कार्यक्रम गर्दैछ ।

ओलीको संसद भंग गर्ने कदमविरुद्ध सो कार्यक्रम आयोजना गर्न लागिएको पार्टीले जानकारी दिएको छ ।

रत्नपार्क शान्ति बाटिकाबाट जुलुस सुरु भई पुतली सडक हुँदै पुन: त्यहीँ स्थानमा पुगेर विरोध र्‍याली सम्पन्न हुने जसपाले जानकारी दिएको छ ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकृुर र अशोक राईले सम्बोधन गर्ने तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?